Mr. Ganesh Kumar Shrestha

अभिभावकज्यूहरु एवम् विद्यार्थी भाइ बहिनीहरु ⁄

भीमोदय क्याम्पस दिन प्रतिदिन आफ्नो शैक्षिक यात्रालाई गतिशील एवम् गुणात्मक तुल्याउन प्रयासरत छ । हामीले यहाँ पढाइ हुने विषयहरु अध्ययन गर्न सहर जानै नपर्ने गरी क्याम्पसलाई सुव्यवस्थित गरेका छौँ । क्याम्पसप्रति समुदायको अपनत्व उत्तरोत्तर बढ्दै छ । यो गैर मुनाफामूलक सामुदायिक क्याम्पस भएकाले यसको बहुआयामिक उन्नयनमा सम्पूर्ण सरोकार पक्ष एवम् शिक्षा प्रेमीह्ररुको गुणात्मक सहयोगको अपेक्षा गर्दछौँ । दुर्गम क्षेत्रका विपन्न वर्ग तथा ठूलो सङ्ख्यामा छात्राहरुको सर्वसुलभ ढङ्गमा पहुँच पुग्ने गरी उच्च शिक्षाको सुअवसर प्राप्त भएकोमा उच्च शैक्षिक उपलब्धी हासिल गरी सुन्दर भविष्य निर्माण हुने विश्वास प्रकट गर्दछौँ । गरिब तथा जेहन्दार विद्याथीहरुका लागि छात्रवृत्तिको सुप्रबन्ध गरिएको छ। यस क्याम्पसमा लगनशील एवम् आदर्श विद्यार्थीका रुपमा अध्ययन गरी सम्भावनाहरुको मालिक आफै बन्न सक्ने शक्ति प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।